मंगलबार, भदौ ९, २०८३

मोरङमा आगो निभाउने क्रममा ६ जना घाइते

मोरङको सुन्दर हरैंचा नगरपालिका–१२ विराटचोकमा होटल एवं खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना घाइते भएका छन्।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

विराटनगर– मोरङको सुन्दर हरैंचा नगरपालिका–१२ विराटचोकमा होटल एवं खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना घाइते भएका छन्।

घाइते हुनेमा सुन्दर हरैंचा– १२ का ५६ वर्षीय छत्रबहादुर थापा, सुन्दरहरैंचा–९ का ४२ वर्षीय गोविन्द दाहाल, ३३ वर्षीय खगेन्द्र लुइँटेल, ३८ वर्षीय रणबहादुर बस्नेत, सुन्दरहरैंचा –१० का ४२ वर्षीय बाबुराम बस्नेत र ४५ वर्षीय अम्बिकाप्रसाद ढुंगेल छन्।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले होटलमा लागेको आगो निभाउने क्रममा उनीहरू पोलेर घाइते भएको जानकारी दिए।

विराटचोकमा रहेका तीनवटा होटल एवं खाजा घरमा सोमबार बिहान १ बजेतिर आगलागी भएको थियो।

मन्दिरा न्यौपानको ए–वान खाजा घरदेखि सुरु भएको आगो फैलिएर अर्चना पोख्रेलको पोख्रेल स्टाफ होटल र रमेश डंगोलको धनकुटे समिर स्टाफ होटलमा पनि क्षति पुगेको एसपी खड्काले जानकारी दिए।

बाँसको टाटी र कर्कटपाताको छानो लगाएर बनाइएका होटलमा भएको आगलागीबाट अनुमानित १० लाखको क्षति भएको अनुमान गरिएको छ। आगो एक घण्टापछि निभाइएको थियो।

प्रकाशित: Jun 29, 2020| 12:30 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।