मंगलबार, भदौ ९, २०८३

धान दिवस मनाइँदै, किसानलाई सधैं मलको अभाव

हरेक वर्ष १५ असारमा मनाइने धान दिवसमा यो वर्षको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ राखिएको छ। तर, पहिलेका वर्षहरुमा झै यो वर्ष पनि किसानले आवश्यक मात्रामा मल पाउन सकेका छैनन्।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं– आज १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ। हरेक वर्ष १५ असारमा मनाइने धान दिवसमा यो वर्षको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ राखिएको छ। तर, पहिलेका वर्षहरुमा झै यो वर्ष पनि किसानले आवश्यक मात्रामा मल पाउन सकेका छैनन्।

यतिबेला देशभरका किसानले धमाधम रोपाइँ गरिरहेका छन्। कृषि मन्त्रालयका अनुसार हालसम्म २२ प्रतिशत धान रोपाइँ सकिएको छ। यो वर्ष समयमै मनसुन सुरु भएकोले गत वर्षको तुलनामा करिब ८ प्रतिशतले बढी हो।

सरकारले मल खरिदका लागि वार्षिक अर्बौ रुपैयाँ विनियोजन गरे पनि समयमा किसानले कहिल्यै मल पाउँदैनन्। चालु आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ मल अनुदानको लागि छुट्याइएको छ। आगामी आर्थिक वर्षको लागि ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

बजेट छुट्याए पनि समयमै टेन्डरलगायतका प्रक्रिया पूरा गर्न नसक्दा वर्षेनि किसानले मल अभाव खेपिरहेका छन्। जानकारहरुका अनुसार ग्लोबल टेन्डरबाट खरिद गर्दा ५ देखि ६ महिना जति लाग्छ। समय लाग्ने थाहा हुँदाहुँदै पनि सरकारले समयमै टेन्डर खोल्दैन। परिणाम रोपाइँको समयमा मलको अभाव खड्किन्छ। अभावको अवसर खोज्दै निजी कम्पनी तथा व्यापारीले चर्को मूल्यमा मल बिक्री गर्छन्।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले मल खरिद र आयातमा कुनै नीतिगत कठिनाइ नरहेको बताए। “सहकारीको सदस्य नभएका किसानले पाउन नसकेको गुनासो सुनेका छौं,” उनले भने, “समन्वयका लागि स्थानीय सरकारसँग पहल भइसकेको छ, अब समस्या हुँदैन।” यो वर्ष लकडाउनले पनि मल आपूर्तिमा केही समस्या भएको उनको भनाइ छ।

अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले खरिदबिक्री गर्दै आएका छन्। कृषि सामग्रीले ७० र साल्ट ट्रेडिङले ३० प्रतिशत कोटा पाएका छन्। अनुदानको मल कृषि सहकारी र डिलर सहकारीले मात्रै बिक्री गर्न पाउँछन्। कृषि सामग्रीसँग पाँच हजार २०० सय र साल्ट ट्रेडिङ्मा २३ सय डिलर छन्।

मलको वार्षिक माग करिब ७ लाख टन हो। यो वर्ष कोभिड–१९ का कारण युवाहरु गाउँ फर्किएको कारणले बाँझो जमिनमा पनि रोपाइँ हुने भएपछि माग बढ्ने कृषि मन्त्रालयले अनुमान गरेको छ।

प्रकाशित: Jun 29, 2020| 11:46 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।