मंगलबार, भदौ ९, २०८३

सुर्खेतको जलविद्युत् आयोजनामा पहिरो, एकको मृत्यु

सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो गएको छ। पहिरोमा परी पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भएको हो।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

सुर्खेत- सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला जलविद्युत आयोजनामा पहिरो गएको छ।

पहिरोमा परी पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भएको हो। त्यस्तै, खमारी खोला जलविद्युत् आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन्।

डम्मर र नन्दा पतिपत्नी हुन्। उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए।

घाइते डम्मर पुलामीको अवस्था सामान्य छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जलविद्युत आयोजनाका अध्यक्ष जीवन ढुंगानाले जानकारी दिए।

गएरातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो। आयोजनाका अध्यक्ष ढुंगानाले पहिरोले आयोजनामा गृह ठूलो क्षति पुर्‍याएको जानकारी दिए।

५३ किलोवाट विद्युत उत्पादन भइरहेको यो आयोजनाबाट भावरसहित पञ्चपुरी नगरपालिकाका झन्डै एक हजार दुई सय परिवार लाभान्वित भएका थिए।

प्रकाशित: Jun 29, 2020| 11:17 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।