मंगलबार, भदौ ९, २०८३

चीनले फेरि बनायो कोरोना भाइरसविरुद्ध नयाँ खोप

१ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहरुमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

कोरोना भाइरसविरुद्धको खोप बनाउन विश्वका शक्तिशाली मुलुकहरुले आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

अमेरिका र बेलायतले खोप बनाउने र परिक्षण गर्ने काम गरिराखेका बेला चीनले दोस्रो पटक कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ।

चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी)ले दिएको जानकारीअनुसार यो खोप मानिसमा समेत परीक्षण भइसकेको छ । पहिलो परिक्षणमा यो सुरक्षित देखिएको कम्पनीको दाबी छ ।

१ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहरुमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।

दोस्रो चरणको परीक्षण गर्ने तयारी भएको छ । यो पनि सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइनेछ । त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ र आम प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ।

रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो।

अहिलेसम्म चीनमा ८ खोपलाई मानवमा परीक्षणका लागि सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको छ।

 

प्रकाशित: Jun 29, 2020| 07:45 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।