विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यस महामारीको चपेटामा परेर आज (सोमबार) बिहानसम्ममा ५ लाख १०८ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। त्यहाँ कोरोनाबाट मर्नेको संख्या १ लाख २५ हजार नाघेको छ।
यसैगरी ब्राजिलमा ५७ हजार, बेलायतमा ४३ हजार, इटालीमा २९ हजार र फ्रान्समा २८ हजारभन्दा बढीको मृत्यु भएको छ।
संयुक्त राज्य अमेरिका, ल्याटिन अमेरिकी देशहरु तथा केही एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ।