मंगलबार, भदौ ९, २०८३

प्रदेश १ का ३ जिल्लामा सलह, नियन्त्रणको तयारी सुरु

विराटनगर–प्रदेश १ मा सलह किराको नियन्त्रणका लागि तयारी शुरु गरिएको छ ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

विराटनगर–प्रदेश १ मा सलह किराको नियन्त्रणका लागि तयारी शुरु गरिएको छ ।

प्रदेश १ का तीन जिल्लामा सलह किरासँग मिल्दो किराहरु देखिएपछि प्रदेश सरकारले नियन्त्रणका लागि तयारी शुरु गरेको भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले जानकारी दिए । उनले पाँथचर, उदयपुर र खोटाङमा सलहसँग मिल्दो किरा देखिएको मन्त्रालयमा जानकारी आएको बताए ।

तीन जिल्लामा देखिएको किरा अन्य प्रदेशमा देखिएजस्तो भने नभएको उनले बताए । उनले भने,‘ शंकास्पद देखिएकाले तत्काल नियन्त्रण कार्यमा जटिएको हो ।’

मन्त्रालयले तत्कालका लागि जिल्ला स्तरिय कृषि ज्ञान केन्द्रहरुलाई ट्रायाकिङ गर्न र नियन्त्रणका लागि आवस्यक तयारी गर्ने आईतबार निर्णय गरेको राज्यमन्त्री मगरले बताए ।

मन्त्रालयले सलह किराको नियन्त्रणका लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि अघि बढाउने बताएको छ ।

प्रकाशित: Jun 29, 2020| 06:28 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।