मंगलबार, भदौ ९, २०८३

मोरङमा ८ लाख बिरुवा रोपियो

मोरङमा दुई साता अवधिमा १० हेक्टर क्षेत्रफलमा ८ लाख बिरुवा रोपिएको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

विराटनगर– मोरङमा दुई साता अवधिमा १० हेक्टर क्षेत्रफलमा ८ लाख बिरुवा रोपिएको छ। असार १ गतेदेखि १४ गतेसम्म ८ लाख बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ।

‘बाँझो जग्गामा वृक्षरोपण र जहाँ वन त्यहाँ व्यवस्थापन’ नाराका साथ मोरङमा असार १ गतेदेखि अहिले अभियान सुरु गरिएको हो। सरकारले आर्थिक वर्ष २०७६/७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेअनुरुप देशभरमा पाँच करोड बिरुवा रोप्ने लक्ष्य लिएको थियो।

मोरङमा यस अवधिमा डिभिजन वन कार्यालय मोरङसहित १६ वटा वन कार्यालयका नर्सरीबाट नौ लाख ३३ हजार विरुवा उत्पादन भई ८ लाख विरुवा निःशुल्क वितरण भएको डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले जानकारी दिए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं.१ का कर्मचारी अनिरुद्र साहले फलफूल तथा जडीबुटीबाहेक ४२ लाख बोटबिरुवा उत्पादन एवं वितरण भएको जानकारी दिए। १० हेक्टर जग्गामा वृक्षरोपण गरिएको छ।

सव डिभिजन वन कार्यालय कानेपोखरीमा १५ लाखको लागतमा अत्यन्त व्यवस्थित र आधुनिक नर्सरी निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए।

स्थानीय जनतालाई लक्षित गरी तीन लाख बोटबिरुवा उमार्न बनाएको सो नर्सरीमा अहिले ५५ हजार बोटबिरुवा रहेको कार्यालय प्रमुख तुलसीप्रसाद यादवले जानकारी दिए।

 

प्रकाशित: Jun 28, 2020| 18:58 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।