मंगलबार, भदौ ९, २०८३

एमसीसीको विरोधमा धनगढीमा निकालियो बयलगाडा जुलुस

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विरोधमा धनगढीमा आइतबार बयलगाडा जुलुस निकालिएको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

धनगढी- अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विरोधमा धनगढीमा आइतबार बयलगाडा जुलुस निकालिएको छ।

क्याम्पस चोकबाट निकालिएको जुलुस मुख्यमन्त्री कार्यालयअघि कोणसभामा परिणत भएको थियो। बोल्न्या थलीको अगुवाईमा जुलुस निकालिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने भनाईलाई कटाक्ष गर्दै जुलुस निकालिएको बताइएको छ।

प्रतिनिधिसभामा अनुमोदनका लागि लगिएको एमसीसी सम्झौता गर्ने वा नगर्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै मतभेद छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सम्झौता गर्नुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल यसको विपक्षमा छन्।

प्रकाशित: Jun 28, 2020| 18:46 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।