मंगलबार, भदौ ९, २०८३

पाल्पाबाट तीनतिर बाँडियो सलहकाे बथान

शनिबार साँझ पाल्पामा बास बसेको सलहको बथान आइतबार दिउँसो तीनतिर बाँडिएको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

भैरहवा- शनिबार साँझ पाल्पामा बास बसेको सलहको बथान आइतबार दिउँसो तीनतिर बाँडिएको छ।

झयाङला स्मार्ट कृषि कार्यक्रमका संयोजक चोपलाल गिरीले  सलहको बथान तीनतिर बाँडिएकाे बताए।

उनले भने, ‘एउटा हुल तानसेनतिर गयो, अर्को हुल छहरा, कचल हुँदै पश्चिमतिर लागेको छ भने एक हुल गाउँकै ठूलापाटा, झयाङला, बगाह, खुरसाने क्षेत्रमा छ।’

गाउँतिर मकै पाक्न थालेको छ भने धान भर्खरै रोपेको अवस्था छ। सलहले मकै र धानमा खासै असर गरेको छैन।

सलह शनिबार एकैसाथ नेपाल प्रवेश गरेको थियो। प्रदेश ५ मा सलहको बथान बुटवल रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा देखिएको थियो।

प्रदेश ५ कृषि मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले प्रदेश ५ मा देखिएको सलह त्यति खतरनाक नदेखिएको बताइन्।

उनले भनिन्, ‘अहिलेसम्म क्षति पुर्याएको छैन। सलह दिनभर उड्छ, साँझपख बस्छ।’

प्रकाशित: Jun 28, 2020| 17:35 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।