विराटनगर– प्रदेश १ मा आइतबार २७ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १७, उदयपुर ६, झापामा २, इलाम र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको छ ।
मोरङको सुनवर्षीमा १६ पुरुष, एक महिला, उदयपुरको कटारीमा ३ महिला, २ पुरुष, झापाको हल्दिबारीमा २ महिला ,सुनसरीको इनरुवामा १ पुरुष र इलामको माईमा १ पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेश १ मा संक्रमितको संख्या ५ सय ६० पुगेको छ । प्रदश १ मा आईतबार झापाको कचनकवलका १ जना डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेको संख्या ३ सय ७७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।