मंगलबार, भदौ ९, २०८३

४६३ जना संक्रमित थपिए, हालसम्म ३ हजार संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सहित देशभर कोरोना संक्रमितको कुल संख्या १२ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९६२ जनाको कोरोना परीक्षण गरिएको थियो।

जसमध्ये १०५ जना महिला र ३५८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म कोरोना संक्रमण पुष्टि भएकामा महिला १ हजार ७४ र पुरुष ११ हजार २९८ जना छन्।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १३ महिला र १६६ जना पुरुष कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

यो सहित हालसम्म २५५ जना महिला र २७ हजार ५८ पुरुष गरी ३ हजार १३ जना काेराेना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

हाल क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या ६१ हजार ७३१ तथा कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका व्यक्तिको संख्या ९ हजार ७३१ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 28, 2020| 16:30 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।