मंगलबार, भदौ ९, २०८३

जनकपुर जलमग्न

शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो ।
जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ ।

एकीकृत सहरी विकास परियोजनाको ऋण सहयोगमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुर अञ्चल अस्पतालको नवनिर्मित भवनको आकस्मिक कक्षमा समेत पानी पसेको छ ।

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाअन्तर्गत नगरका सडकहरू बनाइए पनि ढल व्यवस्थापन नभएका कारण पानीको बहाव रोकिएर घरघरमा पानी पसेको छ ।

वर्षाको पानीले यातायात, वनलगायत कार्यालयको परिसरमा पानी जमेको छ भने जनकपुर–ढल्केवर निर्माणाधीन अवस्था रहेको ६ लेन सडकले गर्दा सडक हिलाम्य भएर यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ ।

प्रकाशित: Jun 28, 2020| 15:54 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।