मंगलबार, भदौ ९, २०८३

'अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन भन्ने छन्'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन षड्यन्त्र भइरहेको बताएका छन्।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन षडयन्त्र भइरहेको बताएका छन्।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आज बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हटाउन खोज्ने चारतिर भए पनि आफूले तत्काल कुर्सी नछोड्ने बताएका हुन्।

उनले भने, “संविधानमा नक्सा छापेकै भरमा प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्ने सपना नदेखे हुन्छ। यसमा कसैले हतार नगरे हुन्छ।”

“मलाई प्रधानमन्त्रीको कुर्सीमा बसिरहने मन छैन, तर आजको लागि होइन भोलिका लागि, आफ्ना लागि होइन देशका लागि बसेको छु,” प्रधानमन्त्रीले अगाडि भने, “म हटे भने भोलि देशको पक्षमा कोही बोल्यो भने भोलिपल्टै हट्नुपर्नेछ।”

कुर्सीमा बसेरै मिचिएको भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए।

उनले मदन भण्डारीको विचारले समाजलाई यहाँसम्म ल्याएको पनि बताए। नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, “जनताको शासन बनाउन मदन भण्डारी लड्नुभएको थियो, अहिले हामीले त्यो प्राप्त गरेका छौं।”

ओलीले मदन भण्डारीले समानता र लोकतन्त्रका लागि लडेको भन्दै उनको योगदानको प्रशंसा पनि गरे।

 

प्रकाशित: Jun 28, 2020| 14:12 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।