मंगलबार, भदौ ९, २०८३

बन्दाबन्दीले अड्किएका नयाँ पुस्तक बजारमा

बन्दाबन्दी अथवा लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सीधै बिक्रीमा पठाउने निर्णय गरेको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं- बन्दाबन्दी अथवा लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तक सीधै बिक्रीमा पठाउने निर्णय गरेको छ।

लकडाउन सहज भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’लाई बजारमा ल्याउन लागेकाे छ।

'बजार केही खुकुलो भएसँगै, केही चहलपहल हुनु स्वभाविक हो, त्यसैले हाम्रा प्रकाशित पुस्तकका बारेमा प्रसस्त जिज्ञासा आइरहेका छन्। अहिले व्याप्त एक्लो बसाइले पाठकमा पढ्ने भोक पनि अवस्यै बढेको हुनुपर्छ,’ पब्लिकेसन नेपालयकी सैजन मास्केले भनिन्, ‘त्यसैले लकडाउनपछिको पहिलो चरणमा हामीले ‘परित्यक्ता’ पुस्तकलाई भौतिक रुपमै बजारमा वितरण गर्ने निर्णय गरेका छौं।’

केही समय विलम्ब भए पनि पुस्तक पाठकका हातमा जाने कुराले औधी खुसी भएकाे लेखक ढुंगानाले बताइन्।

उनले भनिन्, ‘जब तपाईं कुनै कृतिलाई सृजना गर्नुहुन्छ, त्यो कृति पाठकको हातमा पुगेपछि मात्र जीवन्त बन्छ भन्ने अनुभूति लेखकलाई भएको हुन्छ त्यसैले पुस्तक निर्माणको सम्पूर्ण प्रक्रियामा संलग्न लेखकलाई पुस्तकको पूर्ण रुप पाठकको हातमा पुगेको देख्दा उच्चतम आनन्द प्राप्त हुन्छ।‘

‘यो पुस्तकले नेपाली समाजमा व्याप्त पहिचान र लिङगका बारेमा विद्यमान तर्कको संवादमा नयाँ आयाम थप्नेछ। ढुंगानाको पुस्तकले लिंगको निर्धारित भूमिकाभन्दा माथि उठेर उत्पन्न हुने वैयक्तिक अस्तित्वमाथिको ध्यानलाई उजागर गरेको छ,’ पब्लिकेसन नेपालयकी सम्पादक भूषिता वशिष्ठले भनिन्। 

नेपालयले केही दिनपहिले ‘ई बुक’ मार्फत आफ्नो पहिलो प्रकाशन सार्वजनिक गर्ने घोषणा गरेको थियो। यसै सिलसिलालाई आकर्षक रुपमा अगाडि बढाउन सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ पुस्तकका दुईवटा अध्याय सार्वजनिक भइसकेका छन् ।

प्रकाशित: Jun 28, 2020| 13:30 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।