मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिममा कोरोना संक्रमणबाट छ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ पुगेको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या छ पुगेको छ।

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।

कोभिड—१९ को संक्रमणका कारण यसअघि बाजुराका दुई र कैलालीका तीन जनाको मृत्यु भएको थियो।

शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ११६, वीर अस्पतालमा गरिएको परीक्षणमा छ जना, शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा ६२ जना र सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा ३० गरी जम्मा २१४ मा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ।

नयाँ थपिएका प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई हजार ७६ पुगेको छ। जसमा ४२४ महिला र बाँकी पुरुष छन्। शनिबार मात्रै कैलालीमा २६ कञ्चनपुरमा तीन, अछाममा १९, बाजुरामा ६३, बैतडीमा २७, डडेलधुराम सात, डोटीमा ६१ बझाङमा आठ जनामा संक्रमण भएको पुष्टि भएको हो।

जिल्लागत रुपमा हालसम्म कैलालीमा ५७७ जना, अछाममा १३३, बैतडीमा २३१, बझाङमा ७२, बाजुरामा १९१, डडेलधुरामा २२६, दार्चुलामा १६, डोटीमा ३२३, र कञ्चनपुरमा ३०७ जना कोभिड–१९ का संक्रमित पुगेका छन्।

प्रदेशमा आरडिटी र पीसीआर पद्धतिबाट गरेर एक लाख २५ हजार २९३ को नमुना जाँच गरिसकिएको छ।

आरडीटी जाँचको तुलनामा प्रभावकारी मानिएको पीसीआर जाँच १६ हजार ९३५ जनामा गरिएकोमा दुई हजार ७६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको हो।

चार हजार १७४ जनाको नतिजा आउन बाँकी छ। यस्तै आरडीटी पद्धतिबाट एक लाख आठ हजार ३५८ को स्वास्थ्य जाँच गरिएको छ।

प्रदेशको एक मात्र प्रयोगशाला सेती प्रादेशिक अस्पताल धनगढीमा आवश्यक स्वास्थ्य सामग्रीका साथै जनशक्तिको अपर्याप्ता र मेसिनको क्षमता कमजोर भएका कारण शंकास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबको नमुना समयमै जाँच गर्न नसकी थन्किने गरेका छन्।-रासस

प्रकाशित: Jun 28, 2020| 13:00 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।