मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा नियन्त्रणबाहिर जाँदै कोरोना, एकै दिनमा २० हजार बढी संक्रमित

भारतमा नियन्त्रणबाहिर जाँदै कोरोना, एकै दिनमा २० हजार बढी संक्रमित

दिनहुँ १५ देखि २० हजारमा संक्रमण देखिन थालेसँगै भारतमा कोरोना नियन्त्रण बाहिर पुगेको स्वास्थ्य विज्ञहरुले बताउन थालेका छन् । सबै राज्यमा समुदाय स्तरमा तिब्र रुपमा फैलिएका कारण यो नियन्त्रण बाहिर पुगेको विज्ञहरुको भनाइ छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा शनिबार एकै दिनमा २० हजार १ सय ३१ जना संक्रमित भएका छन् ।

भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि शुक्रबार १८ हजार २ सय ७६, बिहीबार १८ हजार १ सय ८५, बुधबार १६ हजार ८ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो ।

दिनहुँ १५ देखि २० हजारमा संक्रमण देखिन थालेसँगै भारतमा कोरोना नियन्त्रण बाहिर पुगेको स्वास्थ्य विज्ञहरुले बताउन थालेका छन् । सबै राज्यमा समुदाय स्तरमा तिब्र रुपमा फैलिएका कारण यो नियन्त्रण बाहिर पुगेको विज्ञहरुको भनाइ छ।

भारतमा संक्रमितहरुले हत्तपत्त अस्पतालमा भर्ना पाउने छाडेका छन् भने क्वारेन्टाइन र घरमै राखेर उपचार गर्न थालिएको छ । कयौंले डाक्टर र अस्पतालसमेत देख्न नपाउने अवस्था बन्दै गएको छ ।

भारतमा आइतबार बिहानसम्ममा ५ लाख २९ हजार ५ सय बढि संक्रमित भएका छन् भने १६ हजार १ सय ३ जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा मात्रै १ लाख ५९ हजार १ सय ३३ जना संक्रमित भएका छन् भने ७ हजार २ सय ७३ जनाको मृत्यु भएको छ ।

यस्तै दिल्लीमा ८० हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ ।

तमिलनाडुमा ७८ हजार ३ सय ३५ जना संक्रमित हुँदा १ हजार २५ जनाको मृत्यु भएको छ। गुजराजमा ३० हजार ७ सय ७३ जनामा संक्रमण पुष्टि हुँदा १ हजार ७ सय ९० जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 28, 2020| 10:57 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।