मंगलबार, भदौ ९, २०८३

स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

स्याङ्जाको गल्याङ नगरपालिका–९, साङ्लियामा गएराति पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको छ ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

स्याङ्जा- जिल्लाको गल्याङ नगरपालिका–९, साङ्लियामा गएराति पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको छ ।

गल्याङ–९ का वडाअध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो।

गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। उनकी पत्नीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाअध्यक्ष खनालले बताए। छोराको अवस्था सामान्य छ।

अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गइ रुख ढलेका कारण राति समयमै अस्पताल पुर्‍याउन नसकिएको स्थानीयले बताएका छन्।

घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए।

रासस

प्रकाशित: Jun 28, 2020| 10:05 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।