मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतको पीसीआर मेसिन बिग्रियो, कोरोना परीक्षणमा समस्या

सुर्खेतको पीसीआर मेसिन बिग्रियो, कोरोना परीक्षणमा समस्या

कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रिएकाे छ ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

सुर्खेत– कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रिएकाे छ ।

प्रदेश अस्पताल सुर्खेतले पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर सञ्चालन गर्दै आएको मेसिन शुक्रबारदेखि बिग्रिएको हो ।

यो मेसिनबाट यसअघि दैनिक करिब चार सय स्वाबको परीक्षण गरिदै आएको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार बिग्रीएको मेसिन मर्मतका लागि आइतबारमात्रै पहल थालिने भएको छ ।

‘शुक्रबार नै मेसिन बिग्रीएको हो, सफ्टवयरमा समस्या भयो कि भनेर आज दिनभरी प्रयास गरौँ तर हार्डवयरमै समस्या देखियो ।’ भण्डारीले भनिन, ‘मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लार्यर कम्पनीलाई पत्र काट्ने कुरा भएको छ ।’

हार्डवयरमा समस्या देखिएका कारण मर्मतमा समय लाग्ने उनको भनाइ छ । ‘हार्डवयर समस्या तत्काल मर्मत गर्न सकिदैन, महिनादिन पनि लाग्नसक्छ ।’ उनले भनिन्, ‘छिमेकी देशबाट प्राविधि झिकाउने वा मर्मतका लागि विदेश पठाउने भन्ने टुङ्गो लागेको छैन ।’

मेसिन बिग्रीएपछि अत्यावश्यक व्यक्तिको अर्को पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । केही स्वावहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ ।

कोरोना परीक्षणका लागि प्रदेशमा तीन वटा ठूला र एउटा सानो गरी चार वटा मेसिनहरु छन् । असार ५ गते दैलेखमा भित्र्याएको पीसीआर मेसिन भने प्रयोगशाला पूर्ण रुपमा सम्पन्न हुन नसक्दा पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित: Jun 28, 2020| 09:34 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।