मंगलबार, भदौ ९, २०८३

कोरोनाबाट १ करोड संक्रमित, ५० लाख निको भए

कोरोनाबाट ४९ लाख ८ हजार १ सय ३५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । ५० लाख ३१ हजार ७ सय २२ जना निको भएर घर फर्किएका छन् ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १ करोड पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयले राखेको तथ्यांक अनुसार आइतबार बिहानसम्ममा ९९ लाख ५० हजार ९ सय ४५ जना कोरोनाबाट संक्रमित भएका छन् । वर्डओमिटरको तथ्यांकअनुसार १ करोड ८१ हजार ५ सय ४५ जना संक्रमित भेटिएका छन् ।

यस्तै कोरोनाबाट ४९ लाख ८ हजार १ सय ३५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । ५० लाख ३१ हजार ७ सय २२ जना निको भएर घर फर्किएका छन् ।

कोरोना निको हुनेहरु अमेरिकामा १० लाख ८१ हजार छन् भने ब्राजिलमा ७ लाख १५ हजार, रुसमा ३ लाख ९३ हजार, भारतमा ३ लाख १० हजार छन् ।

यस्तै ५७ हजार व्यक्तिको गम्भीर अवस्थामा उपचार भइराखेको छ । ४१ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सक्रिय रहेको वर्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

जोन हपकिन्स विश्वविद्यायका अनुसार सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २५ लाख ७ हजार ९ सय ३० व्यक्ति संक्रमणको चपेटमा परेका छन् । त्यहाँ १ लाख २५ हजार ५ सय ४ व्यक्तिको मृत्यु भएको छ ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा १३ लाख १३ हजार ६ सय ६७ संक्रमित हुँदा ५७ हजार ७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्याका आधारमा तेस्रो स्थानमा रहेको रुसमा ६ लाख २६ हजार ७ सय ७९ जना संक्रमित हुँदा ८ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ ।

आइतबार बिहानसम्ममा चौथो स्थानमा रहेको भारतमा ५ लाख ८ हजार ९ सय ५३ जनामा संक्रमण पुष्टि हुँदा १५ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । बेलायतमा ३ लाख ११ हजार ७ सय २७ जना संक्रमित हुँदा ४३ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ ।

नेपालमा भने १२ हजार ३ सय ९ जना संक्रमित हुँदा २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 28, 2020| 08:35 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।