मंगलबार, भदौ ९, २०८३

एक वर्षीय बालक कोरोनाबाट संक्रमणमुक्त

तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

तनहुँको ऋषिङ गाउँपालिका–६ का एक वर्षीय बालकले कोरोना जितेका छन् । यही असार ५ गते कोरोना पुष्टि भएर शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत एक वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

यही असार ११ गते पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा प्राप्त रिपोर्टअनुसार बालक कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। डा श्रेष्ठका अनुसार एक वर्षीय बालकका २५ वर्षीय आमा पनि कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

त्यस्तै ऋषिङ गाउँपालिका–६ का २८ र २५ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएको उपचार केन्द्रले जनाएको छ । चार जनाको नै असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो । चार जनालाई नै सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर डिस्चार्ज गरिएको छ ।

त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ का २२ वर्षीय युवक पनि कोरोना जितेर आज घर फर्किएका छन् । असार ५ गते कोरोना पुष्टि भएका ती युवकको पनि असार ११ गते दोस्रो पिसिआर परीक्षण गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख अजय श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकाका पाँच जनामा कोरोना पुष्टि भएकामा तीनजना उपचारपछि घर फर्किएको जानकारी दिए।

त्यसैगरी घिरिङ गाउँपालिका–१ का २६ वर्षीय युवा पनि कोरोना सङ्क्रमणमुक्त भएका छन् । असार १ गते कोरोना पुष्टि भएका उनको असार ४ गते दोस्रो पिसिआर पोजिटिभ आएपछि असार ११ गते गरिएको तेस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।

ती युवालाई भने आइतबार स्थानीय तहको जिम्मामा डिस्चार्ज गरिने उपचार केन्द्रले जनाएको छ ।
जिल्लामा एक सय दुई जनामा कोरोना पुष्टि भएको छ भने १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । व्यास नगरपालिकाका एक, शुक्लागण्डकी नगरपालिकाका तीन, ऋषिङ गाउँपालिकाका सात, घिरिङ गाउँपालिकाका पाँच, आँबुखैरेनी गाउँपालिका एकजना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

 

प्रकाशित: Jun 28, 2020| 06:40 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।