मंगलबार, भदौ ९, २०८३

विभिन्न स्थानमा पहिरो र आगलागी

 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

मनसुन शुरु भएको दोस्रो हप्ता सकिन लाग्दा देशका विभिन्न क्षेत्रमा विपद्का घटना भइरहेको छ ।

पछिल्लो २४ घण्टामा सुनसरी र रामेछापमा आगलागीका घटना भएको छ भने मकवानपुर, सिन्धुपाल्चोक र म्याग्दीमा पहिरो खसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका वनडाँडा र रामेछापको पाउद्वारमा आगलागी हुँदा झण्डै रु ६ लाख बराबरको क्षति भएको छ ।

यस्तै मकवानपुरको भीमफेदीस्थित जुरिखेत, सिन्धुपाल्चोकको भोटेकोसी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरो खसेको प्राधिकरणले जनाएको छ । विभिन्न नदीहरुमा बहाव बढ्ने र ठाउँठाउँमा पानी पर्ने भएकाले सतर्क हुनसमेत प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

 

प्रकाशित: Jun 28, 2020| 06:38 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।