मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमतीमा कोरोना संक्रमितकाे संख्या ३८७, जिल्लागत विवरणसहित

बागमतीमा कोरोना संक्रमितकाे संख्या ३८७, जिल्लागत विवरणसहित

बागमती प्रदेशमा शनिबारसम्म ३८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं- बागमती प्रदेशमा शनिबारसम्म ३८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयले साँझ उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा बढी धादिङमा ११७ जनामा संक्रमण देखिएको छ।

यसपछि चितवनमा ६० जना, काठमाडौंमा ५३ जना, सिन्धुपाल्चोकमा ३१ जना र रामेछापमा २६ जना संक्रमित छन्।

नुवाकोटमा २३ जना, भक्तपुरमा २२ जना, मकवानपुरमा १८ जना, सिन्धुलीमा १३, रसुवामा ९ जना, ललितपुरमा ७ जना, काभ्रेमा ६ जना र दोलखामा २ जना संक्रमित छन्।

रसुवामा शनिबार पहिलोपटक संक्रमण देखिएको हो। आज रसुवामा ९, काठमाडौंमा ४, भक्तपुरमा १ धादिङमा ३, चितवनमा २ र मकवानपुरमा १ जना गरी २० जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म ५ जनाको मृत्यु भएको छ। १०८ जना कोरोना मुक्त भएका छन् भने २७४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 27, 2020| 21:10 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।