मंगलबार, भदौ ९, २०८३

कोरोना जित्नेकाे संख्या २,८३४ पुग्याे

नेपालमा कोरोना भाइरस जित्नेको संख्या शनिबारसम्म २८३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरस जित्नेको संख्या शनिबारसम्म २८३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमण मुक्त हुनेमा २५९२ पुरुष र २४२ महिला रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमा बताए। उनका अनुसार पछिल्लो २४ घन्टमा १ सय ३६ जना संक्रमित निको भएका छन्।

आज संक्रमण मुक्त हुनेमा १८ महिला र ११८ पुरुष रहेको मन्त्रालयले जनाएको छ। गोठगाउँ आइसोलेसन सेन्टरबाट भोजपुरका १, इलामका २, झापाका २९ , मोरङका ११ , पाँचथरका १, सुनसरीका २०, ताप्लेजुङका १ र उदयुरका ४ जना निको भएर घर फर्किएका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १, कास्की १४ तथा पर्वत र र स्याङ्जाका एक एक जना डिस्चार्ज भएका छन्।

यस्तै जलेश्वर असपतालबाट महोत्तरीका ७, कोरोना विशेष अस्पताल दाङबाट १, मेहलकुना अस्पताल सुर्खेतबाट १३ र सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट बर्दियाका ६ र बाँकेका २२ पुरुष संक्रमण मुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jun 27, 2020| 18:52 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।