मंगलबार, भदौ ९, २०८३

नेकपा स्थायी कमिटी बैठक सीमा विवादमै केन्द्रित

सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा भारतद्वारा अतिक्रमित सीमा विवादकै विषयमा केन्द्रित भएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं- सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा भारतद्वारा अतिक्रमित सीमा विवादकै विषयमा केन्द्रित भएको छ।

बैठकमा बोल्ने नेताहरुले सीमा विवादको एजेन्डामा छलफलका क्रममा भारतसँगकाे सीमा विवादका पक्षमाथि विभिन्न कोणबाट आआफ्नो धारणा राखेको बैठकपछि स्थायी समिति सदस्य विष्णुपुकार श्रेष्ठले नेपाल समयलाई जानकारी दिए।

नेताहरुले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउने विषयमा कूटनीतिक च्यानलमार्फत अन्य मुलुकलाई पनि तथ्य प्रमाण उपलब्ध गराउनुपर्ने, कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका ठाउँबाट भारतीय सेना हटाउन भारतसँग तत्काल कूटनीतिक वार्ता थाल्नुपर्ने बताएका थिए।

शुक्रबारको बैठकमा परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले भारत वार्ताका लागि तयार नभएको जानकारी गराएका थिए।

शनिबारको बैठकमा देवेन्द पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ्, जनादर्न शर्मा, गिरिराजमणि पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्द कुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, शक्ति बस्नेत, वामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ्, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ र पुष्प कँडेलले बोलेका थिए।

बुधबारदेखि सुरु भएको बैठकमा शनिबार पनि नेताहरुले भारतबाट अतिक्रमित नेपाली भूमिमा व्यावहारिक रुपमा नेपालको बनाउन औपचारिक रुपमा भारतसँग कूटनीतिक वार्ता गर्नुपर्नेमा जोड दिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए।

नेताहरुले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटिएको नक्सा प्रकाशित गर्ने र त्यसलाई संविधानको अनुसूचीमा समेत समावेश गर्ने काम गरेर ऐतिहासिक पहल गरिएको भन्दै सरकारको प्रशंसा गरेका थिए।

राष्ट्रिय एकता कायम गरेर नै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले गम्भीर कदम चाल्नुपर्नेमा सबै नेताहरुले जोड दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।  

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सुरुमा उपस्थित भएर केहीबेरमै निस्किएका थिए।

आइतबार मदन भण्डारी जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र सोमबार असार १५ भएकाले बैठक १६ गते बस्ने प्रवक्ता श्रेष्ठले बताए। नेकपाकाे जारी स्थायी समिति बैठकमा विभिन्न सात एजेन्डा भए पनि नेताहरूले सीमा विवादका बारेमा बाेल्ने क्रम सकिएकाे छैन।

प्रकाशित: Jun 27, 2020| 17:46 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।