मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सबै जिल्लामा कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो

सबै जिल्लामा कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं- देशका ७७ वटै जिल्लामा काेराेना संक्रमण पुष्टि भएकाे छ। यसअघि लामाे समयसम्म रसुवा जिल्लामा काेराेना संक्रमण देखिएकाे थिएन।

यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै देशभर कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

पछिल्लाे २४ घण्टामा संक्रमण पुष्टि हुनेमा १२० महिला र २२४ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ४०६ जनाको आरटी पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका विभिन्न क्वारेन्टिनमा ६५ हजार ७१२ जना रहेका छन्।

त्यस्तै आइसोलेसनमा ९ हजार ४४७ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी जम्मा १३६ जना डिस्चार्ज भएका छन्।

काेराेना भाइरसबाट नेपालमा मृत्यु हुनेकाे संख्या २८ पुगेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए।

प्रकाशित: Jun 27, 2020| 16:30 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।