भरतपुर अस्पताल चितवनमा उपचारका क्रममा ज्यान गुमाएका कोरोना सङ्क्रमित पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ।
आज बिहान मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय कोरोना संक्रमितको शव भरतरपुस्थित नेपाल आर्मीको कालीबहादुर गणले व्यवस्थापन गरेको हो। उनको शव देवघाटस्थित जगंलमा लगेर गाडिएको छ।
असार १० गतेदेखि चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको बिहीबार राति कोरोना पोजिटिभ पुष्टि भएको थियो। उनलाई असार ११ गते राति १० बजे भरतपुर अस्पतालमा सारिएको थियो। श्वासप्रश्वासमा समस्या देखिँदै गएपछि सघन कक्षमा सारिएका ती पुरुष फोक्सोको क्यान्सरका बिरामी थिए।
यसअघि कोरोना संक्रमित चितवनका एक ६७ वर्षीय पुरुषको पनि भरतपुर अस्पतालमा जेठ २७ गते मृत्यु भएको थियो। उनको पनि कालीबहादुर गणको टोलीले नै शव व्यवस्थापन गरेको थियो ।