मंगलबार, भदौ ९, २०८३

कर्णालीमा २१४ जना कोरोना संक्रमणमुक्त, ७ जना थप

कर्णाली प्रदेशमा आज एकै दिन २१४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज एकै दिन २१४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आज दैलेखको नौमुले आइसोलेसनबाट १३२ जना, डुङ्गेश्वर आइसोलेसन सेन्टरबाट ६३ जना र नारायण क्याम्पसको आइसोलेसनबाट ९ कोरोना संक्रमणमुक्त भएका छन्।

त्यस्तै सुर्खेतको सालकोट आइसोलेसन सेन्टरबाट ८ जना र रुकुम पश्चिमबाट एक जना गरी कुल २१४ जनाले कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ सय ३४ जना पुगेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

त्यस्तै आजै सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ६ मा दुई जना, वडा नं ८ मा एक जना र वडा नं. ९ मा चार जना गरी कुल सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ४४० पुगेको छ।

प्रकाशित: Jun 27, 2020| 15:45 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।