मंगलबार, भदौ ९, २०८३

बुटवलको आर्मी ब्यारेकमा लाखौं सलह पसेको आशंका

बुटवलस्थित नेपाली सेनाको गुल्ममा सलहजस्तै देखिने किरा ठूलो संख्यामा देखिएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

बुटवलस्थित नेपाली सेनाको गुल्ममा सलहजस्तै देखिने किरा ठूलो संख्यामा देखिएको छ।

उक्त गुल्मका गणपति कर्णेल ज्योतिकुमार थापाका अनुसार बिहान आज बिहान लाखौंको संख्यामा उक्त किरा गुल्ममा प्रवेश गरेको हो।

थापाले नेपाल समयसँग भने, 'ठूलो फट्यांग्रा हो। सलह भनेर भन्न सक्दिन तर लाखौंको संख्यामा थियो। हामीले मार्ने काम गरिरहेका छौंं।'

जिल्लामा सलह आइपुगेको हल्ला फैलिएपछि किसान आतंकित भएका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले सेनाको ब्यारेकमा ठूलो संख्यामा किरा देखिएको बताए।

उनले भने, 'त्यहाँ ठूलो आकारको फट्यांग्रा लाखौंको संख्यामा आएएपछि सेनाले नियन्त्रणमा लिएको खबर छ। तर सलह हो होइन अझै यकिन भएको छैन।'

 

प्रकाशित: Jun 27, 2020| 14:09 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।