सोमबार, माघ ५, २०८२

बर्लिन म्याराथनमा महर्जनले सहभागिता जनाउने

विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा धावक धर्म महर्जनले सहभागिता जनाउने भएका छन्। त्यसका लागि महर्जन बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं – विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा धावक धर्म महर्जनले सहभागिता जनाउने भएका छन्। त्यसका लागि महर्जन बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन्।

National life

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र गजराज जोशी मेमोरियल ट्रष्टले संयुक्त कार्यक्रम आयोजना गरी बुधबार विदाई गरेका हुन्। महर्जनलाई अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापा, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर, पूर्व धावक एवं गीतकार बुद्धिवीर लामा, ट्रष्टका अध्यक्ष मनीषराज जोशीलगायतले विदाई गरे।

महर्जनले सेप्टेम्बर २६ मा हुने बर्लिन म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्ने छन्। महर्जन सहभागी हुने ४५ वर्षमाथिको उमेर समूहको म्याराथनमा करिब १० हजार धावकको सहभागिता रहने बताइएको छ।

महर्जनको यो नवौं अन्तर्राष्ट्रिय सहभागिता हो। यसअघि उनले अमेरिका, थाइल्यान्ड, जापान, नेदरल्यान्ड र चीनमा विभिन्‍न दूरीको दौडमा सहभागिता जनाइसकेका छन्। त्यसमा जापानमा भएको १८ औं एसियाली मास्टर्स च्याम्पियनसिपमा महर्जनले कांस्य जितेका थिए। जुन उनको करियरकै सबैभन्दा ठूलो उपलब्धि हो। महर्जनले तीन राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको फुल म्याराथनतर्फ सहभागिता जनाइसकेका छन्।

महर्जनले कीर्तिपुर नगरपालिकाले ५० हजार, कीर्तिपुर खेलकुद समाजले २१ हजारसहित व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त भएको जानकारी दिए।

Laxmi sunrise bank
kumari

विदाई कार्यक्रममा पूर्व अध्यक्ष थापाले २५ हजार तथा ट्रष्टका अध्यक्ष जोशीले ५ हजार आर्थिक सहयोग उपलब्ध गराए। बैकुण्ठ मानन्धर खेलकुद नेपालले पनि महर्जनलाई आर्थिक सहयोग गरेको थियो। ट्रष्टका अध्यक्ष जोशीले महर्जनले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा नगद पुरस्कारसहित पुरस्कृत गर्ने प्रतिबद्धता जनाए।


प्रकाशित: Sep 15, 2021| 18:33 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।