शनिबार, कात्तिक २९, २०८२

पाँच करोडभन्दा बढी हेरिएका यी नेपाली गीत

शनिबार बिहानसम्मको भ्युजका आधारमा पाँच करोडभन्दा बढी पटक हेरिएका ६ वटा नेपाली गीत यहाँ प्रस्तुत गरिएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

प्रविधिको विकासले गीतसंगीतको प्लेटफर्म फराकिलो बनाएको छ। कुनै बेला गीत सुनिन्थ्यो मात्रै, अहिले श्रव्यसँगै दृश्य पनि गीतको पाटो बन्न पुगेको छ।

National life

भिडियो सेयरिङ प्लेटफर्म युट्युबको बढ्दो प्रयोगसँगै नेपाली संगीत उद्योगले पनि यसको सदुपयोग गरिरहेको छ।

शनिबार बिहानसम्मको भ्युजका आधारमा पाँच करोडभन्दा बढी पटक हेरिएका ६ वटा नेपाली गीत यहाँ प्रस्तुत गरिएको छ। शीर्ष ६ मा पर्नेमा ३ वटा चलचित्रका गीत छन्।

१. कुटुमा कुटु

चलचित्र ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीत नेपाली गीतमध्ये यूट्युबमा सर्वाधिक हेरिएको गीत हो। शनिबार बिहानसम्ममा यो गीत १२ करोड ८९ लाख ९४ हजाभन्दा बढी हेरिएको छ। २८ मे २०१७ मा युट्यूबमा अपलोड गरिएको गीतको शब्द तथा संगीत राजनराज सिवाकोटीको छ। गीतमा राजनराज सिवाकोटी, मेलिना राई र राजन ईशानको स्वर छ।

Laxmi sunrise bank
kumari

२. माया लुकीलुकी

टीका प्रसाईंको स्वरमा सजिएको ‘माया लुकीलुकी’ गीत ८ करोड ६१ लाख ९३ हजारभन्दा बढी पटक हेरिएको छ। आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत छ। यो गीत ७ जुन २०१८ मा अपलोड गरिएको थियो।

३. पिरिम नलाउने

‘पिरिम नलाउने’ बोलको गीत युट्यूबमा ६ करोड ३७ लाख ७७ हजारभन्दा बढी पटक हेरिएको छ। दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतमा मेलिना राई र आशिष गौतमको स्वर छ। यो गीत ९ अक्टोबर २०१८ मा युट्युबमा अपलोड गरिएको थियो।

४. सालको पात

बहुचर्चित लोकदोहोरी गायिका विष्णु माझी र गायक कुलेन्द्र विश्वकर्माले गाएको ‘सालको पात टपरी हुने’ गीत ६ करोड ११ लाख ६५ हजार बढी पटक हेरिएको छ। नवराज पन्तको शब्द र वसन्त थापाको संगीतमा तयार भएको गीत १७ सेप्टेम्बर २०१८ मा युट्युबमा अपलोड गरिएको थियो।

५. गोजीमा दाम छैन

चलचित्र ‘चंगा चेट’ को ‘गोजीमा दाम छैन’ बोलको गीत ६ करोड १५ लाख १७ हजारभन्दा बढी पटक हेरिएको छ। २० अगस्ट २०१८ मा युट्युबमा अपलोड गरिएको यो गीतमा शब्द हरिहर तिमल्सिना र संगीत राजनराज सिवाकोटीको छ। गीतमा राजनराज सिवाकोटी, मेलिना राई र गृष्मा सिवाकोटीको स्वर छ।

६. साली मन पर्यो

चलचित्र ‘घामड शेरे’ को ‘साली मन पर्यो’ बोलको गीत पाँच करोड २२ लाख १८ हजारभन्दा बढी पटक हेरिएको छ। कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर रहेको गीतमा बास्कोटाकै शब्द/संगीत छ। यो गीत १ अक्टोबर २०१९ मा युट्युबमा सार्वजनिक गरिएको थियो।

 

पढ्नुस्ः

चल्तीमा लोक ‘फ्लेबर’

 

 

 

 

प्रकाशित: Jun 27, 2020| 09:20 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्