शनिबार, कात्तिक २९, २०८२

चल्तीमा लोक ‘फ्लेबर’

युट्युबमा सर्वाधिक हेरिएका र चर्चा पाएका सबै गीत लोकलयमै आधारित छन्।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

युट्युबमा सर्वाधिक हेरिएका र चर्चा पाएका सबै गीत लोकलयमै आधारित छन्।

National life

युट्युबमा हालसम्म सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ गीत लोकलयमा आधारित छ। तीन करोड जनसंख्या भएको मुलुकमा उत्पादित गीत १२ करोडभन्दा बढी पटक हेरिएको छ। तीन वर्षमा यति धेरै हेरिएको उक्त गीतले सर्वाधिक हेरिएको कीर्तिमान कायम गरेको छ।

युट्युबमा करोेडौं पटक हेरिएका थुप्रै गीतमध्ये अधिकांश लोकलयमै आधारित छन्। दर्शक–श्रोताको मनमा लामो समयसम्म छाप बसेका अधिकांश गीत पनि लोकशैलीकै छन्। चाहे त्यो मौलिक लोकगीत होस् वा चलचित्रमा समेटिएका लोकलयमा आधारित गीत, सबै रुचाइएका छन्।

२०२३ सालमा बनेको चलचित्र ‘माइतीघर’ को ‘काला कुर्तैले’ त्यस्तै ३० को दशक र ४० को सुरुमा बनेको ‘सिन्दूर’ को ‘लुकूँलुकूँ लाग्यो मलाई’, ‘प्रेमपिण्ड’ को ‘गैह्री खेतको शिरै हान्यो’, ‘सीमारेखा’ को ‘छिटको गुन्यूँ’, ‘सम्झना’ को ‘उकालीमा पछिपछि’ लगायतका लोकलयका गीत अहिले पनि जनजिब्रोमा झुन्डिएका छन्।

२०४० र ०५० को दशकमा बनेका ‘चिनो’ को ‘मोहनी लाग्ला है’, ‘सन्तान’ को ‘बाटो छ भिरालो’, ‘प्रतीक्षा’ को ‘दुई चुल्ठी बाटेर’, आफ्नो मान्छेको ‘चट्ट रुमाल’, माइलीको ‘बाँझो खेतमा’, दर्पणछायाको ‘लहनाले जुरायो कि’ पनि उत्तिकै सुनिने गीतमा पर्छन्। गीत मात्रै हैनन्, त्यो समयका यी सबै ‘हिट’ लिस्टका चलचित्र हुन्।

Laxmi sunrise bank
kumari

‘कुटुमा कुटु’ गीतका सर्जक एवम् गायक राजनराज शिवाकोटी लोकलयको गीतले आफ्नोपन, मौलिकता र माटोको सुगन्ध बोक्ने हुँदा सबैको हृदय छुने बताउँछन्।

“आफ्नो पानीे र माटोको सुगन्ध बोकेको गीत जीवन्त हुन्छ,” उनी भन्छन्, “लोकलयको गीतले अपनत्व महसुस गराउने र आफू जन्मेहुर्केकै समाजको यथार्थ बोल्ने हुनाले श्रोता–दर्शकको रोजाइमा परेको हो।”

हुन पनि युट्युबमा सर्वाधिक हेरिएका गीतको संगीतमा मात्रै होइन, शब्दमै गाउँको लवज भेटिन्छ। ‘कुटुमा कुटु’ गीतमा डाँडाबारी, मगनीजस्ता मौलिक शब्द प्रयोग भएका छन्। त्यस्तै ‘सालको पात’ मा जाले रुमाल, बैना, झुपडीजस्ता शब्द प्रयोग भएका छन्।

“लोकशैलीसँग हाम्रो संस्कृति जोडिएको हुन्छ,” शिवाकोटी भन्छन्, “मनोरञ्जन मात्रै नभएर पुर्खाको रगतबाट बग्दै आएका कारण लोकशैली सबैले रुचाएका हुन्।”

५० को दशकसम्म श्रोताका लागि गीत बजाउने माध्यम रेडियो नेपाल मात्रै थियो। चर्चापरिचर्चा गर्न सामाजिक सञ्जाल थिएन। प्रतिक्रियाका लागि टेलिफोन र पत्रबाहेक विकल्प थिएनन्। क्यासेट बिक्रीको संख्या मात्रै गीत चर्चाको मापदण्ड हुन्थ्यो।

अहिले प्रविधिको विकास र विस्तारसँगै थुप्रै प्लेटफर्म उपलब्ध छन्। पहिले क्यासेट र सीडी–भीसीडीबाट सुनिने–हेरिने गीत आज इन्टरनेटको प्लेटफर्मबाट संसारभर पुगेको छ। यसले गीतको चर्चामा थप उचाइ थपेको छ।

पढ्नुस्ः

पाँच करोडभन्दा बढी हेरिएका यी नेपाली गीत

प्रकाशित: Jun 27, 2020| 09:15 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्