एजेन्सी– इटालियन सिरी ए अन्तर्गत अंक तालिकामा शीर्ष स्थानको युभेन्टसले रेलिगेसन जोनको लिसेलाई हराउँदै दोस्रो स्थानको लाजियोसँग ७ अंकको दूरी बनाएको छ।
युभेन्टसको रंगशाला एलिनाज एरियानामा सम्पन्न खेलमा पाहुना टोलीविरुद्ध ४–० गोल अन्तरको सानदार जित निकाल्दै उसले अंक दूरी बढाएको हो।
जितका लागि पाबलो डेब्याला, क्रिस्टियानो रोनाल्डो, गेरोर्डो ह्युगेन र डि लिग्टले एक–एक गोल गरे भने रोनाल्डोले दुई एसिस्ट गरे।
निकै प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। सबै गोल दोस्रो हाफमा नै सम्भाव भयो। तर खेलको ३२ औं मिनेटमा फाबियो रातो कार्ड खाँदै बाहिरिएपछि लिसे १० खेलाडीमा समेटियो।
यता ५३ औं मिनेटमा रोनाल्डोको पासमा डेब्यालाले गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाए। त्यसको ९ मिनेटपछि रोनाल्डोले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।
रोनाल्डोकै पासमा ह्युगेनले ८३ औं मिनेटमा गोल गरे भने त्यसको २ मिनेटमै डग्लस कोस्टाको पासमा डि लिग्टलले गोल गर्दै क्लबलाई ४–० गोल अन्तरको जितको अवस्थामा पुर्याएका थिए।
२८ खेल खेलेको युभेन्टसको २२ औं जित र ३ बराबरीसँगै अंक तालिकामा ६९ अंक छ। एक खेल कम खेलेको लाजियो ६२ अंकका साथ दोस्रो स्थानमा छ। यता पराजित लिसे भने २५ अंकका साथ रेलिगेसन जोनमा छ।
सिरी एमा आजका खेल
ब्रेसिया र जिनोअ, राति ९ बजे
क्यालिग्री र टोरिनो, राति सवा ११ बजे
लाजियो र फियोरेन्टिना, राति साढे १ बजे