बुधबार, चैत ४, २०८२

प्रदेश १ बाट एकै दिन ७० जनाले कोरोना जिते

प्रदेश १ बाट बिहीबार ७० जनाले काेराेना भाइरस जितेका छन। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन्।
 |  बिहीबार, असार ११, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, असार ११, २०७७

विराटनगर- प्रदेश १ बाट बिहीबार ७० जनाले काेराेना भाइरस जितेका छन। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन्।

National life

डिस्चार्ज हुनेमा मोरघका १२, झापाका २९, सुनसरीका २०, इलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १-१ जना छन्। उनीहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन्।

डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा‍‍. शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलगायतले बिदाइ गरेका थिए। प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ। प्रदेश १ मा बिहीबार ७ जना संक्रमित थपिएका छन्।

बिहीबार मोरङमा १, सुनसरीमा २ र झापामा ४ जना सङ्क्रमित भएका हुन्। याेसहित प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

प्रकाशित: Jun 25, 2020| 16:42 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।