शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोनाको संघर्षपूर्ण जित, रियलसँग शीर्षस्थानको प्रतिस्पर्धा

बार्सिलोनाको संघर्षपूर्ण जित, रियलसँग शीर्षस्थानको प्रतिस्पर्धा

एजेन्सी– स्पोनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। बार्सिलोनाको क्याम्प नाउ रंशगालामा सम्पन्न खेलमा पाहुना टोली १–० को झिनो गोलअन्तरले पराजित भयो।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

एजेन्सी– स्पोनिस ला लिगामा बार्सिलोनाले एथ्लेटिक क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। बार्सिलोनाको क्याम्प नाउ रंशगालामा सम्पन्न खेलमा पाहुना टोली १–० को झिनो गोलअन्तरले पराजित भयो।

National life

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ७१ औं मिनेटमा इभान राकिटिकले गोल गरे। फरवार्ड मेस्सीको पासमा उनले निर्णायक गोल गरेका हुन्।

जितसँगै क्याटालान क्लब बार्सिलोना फेरि ला लिगाको शीर्ष स्थानमा आएको छ। एक खेल कम खेलेर ६५ अंक बनाएको रियल मड्रिडलाई पछि पार्दै बार्सिलोनाले ६८ अंक बनाएको छ।

मड्रिडले आज रातिको खेलमा मायोर्कालाई हराउन सके ऊ फेरि शीर्ष स्थानमा आउने छ। अन्यथा मड्रिडलाई विजय यात्रामा धक्क लाग्न सक्नेछ।

यता गएरातिको खेलमा पराजित एथ्लेटिक क्लब ४२ अंकका साथ १० औं स्थानमा छ।

Laxmi sunrise bank
kumari

ला लिगामा आजका खेल

अलाभेस र ओसाना, राति सवा ११ बजे
रियल सोसिडाड र सेल्टा भिगो, राति सवा ११ बजे
रियल मड्रिड र मालोर्का, राति पौने २ बजे

प्रकाशित: Jun 24, 2020| 08:25 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।