सोमबार, असार २९, २०८३

टोटेनहमको जितमा ह्यारी केनको गोल

 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहमले वेस्ट हामलाई २–० गोल अन्तरले हराएको छ। टोटेनहम हट्स्पुर रंगशालामा सम्पन्न खेलमा जितका साथ टोटेनहमले अंक तालिकामा एक स्थान सुधार गरेको छ।

जितका लागि ह्यारी केनले एक गोल गरे। ८२ औं मिनेट उनले गोल गर्नुअघि नै टोटेनहमले एक गोल कोसेली पाएको थियो।

वेस्टहामका थोमस सोचेकले आफ्नै पोस्टमा गोल गरेपछि ६४ औं मिनेटमै घरेलु टिम एक गोलको अग्रतामा थियो। त्यसअघि पहिलो हाफमा भने कुनै टिमले गोल गरेनन्।

३० खेल खेलेको टोटेनहमको जितसँगै ४५ अंक भएको छ। ऊ एक खेल कम खेलेको सेफिल्ड युनाइटेडलाई पछि पार्दै सातौं स्थानमा उक्लिएको छ। यता पराजित वेस्ट हाम २७ अंक सहित १७ औं स्थानमा कायम छ।

लेस्टर सिटी र ब्राइटोनको बराबरी

ईपीएल अन्र्तगत गएरातिनै भएको अर्को खेलमा लेस्टर सिटी र ब्राइटोनले गोलरहित बराबरी खेलेका छन्। लेस्टरेको मैदानमा भएको खेलमा बराबरी खेल्दै दुवै क्लबले अंक बाँडेका छन्।

बराबरीपछि लेस्टर ३१ खेलमा ५५ अंक बनाएर अंकतालिकाको तेस्रो स्थानमा छ। सामान ३१ खेल खेलेको ब्राइटोन ३३ अंकका १५ औं स्थानमा छ।

ईपीएलमा आजका खेल

नर्विच सिटी र एभर्टोन, राति पौने ११ बजे
वुल्भ्स र बर्नेमाउथ, राति पौने ११ बजे
न्युकासल र एस्टोन भिल्ला, राति पौने ११ बजे
म्यान्चेस्टर युनाइटेड र सेफिल्ड युनाइटेड, राति पौने ११ बजे
लिभरपुल र क्रिस्टल प्यालेस, राति १ बजे

प्रकाशित: Jun 24, 2020| 07:29 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।