सोमबार, असार २९, २०८३

जिल्ला फुटबल संघ र क्लबलाई एन्फाले दियो १८ लाख राहत

काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)ले जिल्ला फुटबल संघ (डीएफए) र क्लबहरुलाई १८ लाख ७५ हजार सहयोग गरेको छ। कोरोना महामारीका कारण आर्थिक समस्या भोगिरहेका क्लब र संघलाई एन्फाले यो राहत वितरण गरेको हो।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ(एन्फा)ले जिल्ला फुटबल संघ (डीएफए) र क्लबहरुलाई १८ लाख ७५ हजार सहयोग गरेको छ। कोरोना महामारीका कारण आर्थिक समस्या भोगिरहेका क्लब र संघलाई एन्फाले यो राहत वितरण गरेको हो।

१३ वटा जिल्ला संघ र १२ क्लबबाट राहतका लागि माग भएर आएपछि एन्फाले सो रकम वितरण गरेको हो। जसमा प्रत्येक जिल्ला संघ र क्लबले ७५ हजार रुपैयाँका दरले राहत प्राप्त गर्नेछन्।

साथै एन्फाले अन्य क्लब र जिल्ला संघहरुलाई पनि एन्फाको राहत कोषको रकम पाउन आफ्नो बजेट आँकलन पठाउन अनुरोध गरेको छ।

एन्फाले दिएको यो रहात विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्राप्त रकम हो। फिफाले कोरोनाका कारण घाटामा गएका क्लबका लागि सहयोग गर्न कोष स्थापना गरेको थियो।

प्रकाशित: Jun 24, 2020| 06:54 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।