सोमबार, असार २९, २०८३

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकालेको छ। लेभान्टेको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा एटलेटिकोले १-० को जित निकालेको हो।
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकालेको छ। लेभान्टेको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा एटलेटिकोले १-० को जित निकालेको हो।

एट्लेटिकोले खेलको एकमात्र गोल आत्मघाती उपहार पाएको थियो। खेलको १५ औं मिनेटमा लेभान्टेका डिफेन्डर ब्रुनोको आत्मघाती गोलबाट एट्लेटिकोले अग्रता बनाएको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको एट्लेटिकोले दोस्रो हाफमा थप गोल गर्न सकेन। दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल एट्लेटिकोले १-० को संघर्षपूर्ण जित निकालेको हो।

यस जितसँगै एट्लेटिको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। सेभियालाई पछि पार्दै एट्लेटिकोले ३१ खेलबाट ५५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको हो। यता पराजित लेभान्टे भने समान खेलबाट ३८ अंक जोड्दै ११ औं स्थानमा छ।

त्यस्तै मंगलबार राति नै भएको अर्को खेलमा भालाडोलिडले गेटाफेसँग बराबरी खेलेको छ। भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा गटाफेली १-१ गोलको बराबरी खेलेको हो।
- एजेन्सी

प्रकाशित: Jun 24, 2020| 06:49 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।