आइतबार, चैत ८, २०८२

शिक्षा मन्त्रालयलाई स्वास्थ्यको प्रस्ताव– विद्यालय खोल्न हतार नगरौँ

शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको स्वास्थ्यका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय हतारमा नखोल्न आग्रह गरेको छ। मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गर्दै जोखिम क्षेत्रका विद्यालय खोल्न हतार नगर्न भनेको हो।

National life

शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको स्वास्थ्यका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। 

‘अझै कोरोना संक्रमणको अझै केही क्षेत्रमा निकै धेरै छ। त्यस्तो क्षेत्रमा नहतारीन हामीले प्रस्ताव गरेका छौं,' प्रवक्ता पौडेलले भने, 'साथै खुल्न थालेका विद्यालयमा सुरक्षात्मक मापदण्डका लागि भनेका छौं।’

जोखिमयुक्त क्षेत्रमा पनि विद्यालय खुल्न थालेपछि स्वास्थ्य र शिक्षा मन्त्रालयका अधिकारीबीच छलफल भएको हो।

प्रकाशित: Sep 15, 2021| 16:05 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्