सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आर्सनलका खेलाडीले आक्रोश नियन्त्रण गर्नुपर्छ : प्रशिक्षक आर्टेटा

आर्सनलका खेलाडीले आक्रोश नियन्त्रण गर्नुपर्छ : प्रशिक्षक आर्टेटा

आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटाले खेलाडीले भावना र आक्रोश नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन्।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

एजेन्सी- आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटाले खेलाडीले भावना र आक्रोश नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन्।

खेलाडीले भावना नियन्त्रण गरेर खेले मात्रै राम्रो हुने उनको विश्वास छ।

आर्सनलले कोरोनाको महामारीपछि पुनः सुरु भएको लिगमा लगातार दुई हार बेहोरेको छ। उसले पहिलो खेलमा बिहीबार म्यान्चेस्टर सिटीसँग ३-० गोलले हारेको थियो भने शनिबार पनि ब्राइटोनसँग २-१ गोलको पराजय बेहोर्यो।

जब गोलकिपर बेनर्ड लिनोलाई घुँडामा गम्भीर चोट लागेको थियो र उनी लडेका थिए, आर्टेटाले आफ्ना खेलाडीले ब्राइटोनमाथि आक्रोशपूर्ण व्यवहार गरेको देखेका थिए।

आर्सनलका मिडफिल्डर मातेओ गेन्डुओजीले खेलको अन्तिम सिट्ठी बजेपछि ब्राइटोनका खेलाडी मौपेको घाँटीमा हात राखेका कारण फुटबल एसोसिएनसँग वादविवाद भएको छ। उनको यस्तो हर्कतलाई लिएर सिगुलका मानिसले उनको आलोचनासमेत गरे।

‘आर्सनलका खेलाडीले मानवीयता सिक्नु जरुरी छ। उनीहरु पहिलो हाफ र दोस्रो हाफमा जतिबेला एक गोलले अघि थिए, धेरै हल्ला गरिरहेका थिए। तर उनीहरु जस्तो छन् त्यही नजिता पाए,’ मौपेले बीटी स्पोर्टसँग भने।

प्रशिक्षक आर्टेटा भने मौपेको भनाइको विरोध गर्छन्। तर बेलैमा संयम देखाउन आवश्यक रहेको उनको ठम्याई छ।

‘जब हामी निराशा व्यक्त गर्छौँ हामीले त्यसलाई राम्रो बाटो देखाउनु पर्छ,’ आर्टेटाले भने, ‘मैले गेन्डुओजीको तस्बिर त हेरेको छैन, के भयो भन्ने पनि थाहा छैन् तर यसबारेमा हामीले कुरा गर्नेछौँ। हामीले कठिन अवस्थाको मिलेर समधान गर्नु पर्दछ।’

प्रकाशित: Jun 23, 2020| 17:30 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।