सोमबार, असार २९, २०८३

कोरोना परीक्षण गरी अभ्यास सुरु गर्नुपर्छ : सदस्य सचिव सिलवाल

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भिडियो कन्फ्रेन्स मार्फत् शुभकामना आदानप्रदान गरेको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

काठमाडौं- अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भिडियो कन्फ्रेन्स मार्फत् शुभकामना आदानप्रदान गरेको छ।

सो कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सचिव रमेश कुमार सिलवालले खेलाडीलाई पीसीआर गरेर टेस्ट गरेर छिटै सामूहिक प्रशिक्षण सुरु गर्नुपर्ने बताएका छन्।

‘अब हामीले खेलाडीको कोरोना परीक्षण गरी खेल सुरु गर्नुपर्ने अवस्था छ। सेप्टेम्बरपछिको लागि अन्तर्राष्ट्रिय खेलको गति फर्कने तय भइरहेको छ,’ उनले भने।

त्यस्तै युवा तथा खेलकुल मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राखेप र मन्त्रालय मिलेर साझा निर्णय गर्दै खेल गतिबिधि अघि बढाउनुपर्ने बताएका छन्।

बैठकमा बोल्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले आजको दिन मोडर्न ओलम्पिक सुरु भएको ऐतिहासिक दिन भएको बताए।

‘नेपाल पनि १९६३ मा आईओसीको सदस्य भएको हो। स्थापनाबाटै विभिन्न ढंगले दिवस मनाउँदै आइरहेको छ। केही वर्षदेखि ओलम्पिकलाई व्यापक बनाउँदै आएका छौं,’ उनले भने।

एनओसीले आफ्नो प्राङ्गणमा रुद्राक्षको बोट रोपेर ओलम्पिक दिवस मनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकको सन्देश प्रस्तुत गरिएको थियो।

बाकले कोरोनाको महामारीको समयमा सबैलाई उच्च मनोबल बनाउन आह्वान गरका छन्।

प्रकाशित: Jun 23, 2020| 16:01 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।