शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आज ओलम्पिक दिवस, विश्वमा सबैभन्दा ठूलो डिजिटल शारीरिक अभ्यास गरिँदै

आज ओलम्पिक दिवस, विश्वमा सबैभन्दा ठूलो डिजिटल शारीरिक अभ्यास गरिँदै

ओलम्पिक दिवसको दिन विश्वमा सबैभन्दा ठूलो २४ घण्टा डिजिटल ओलम्पिक वर्कआउट (शारीरिक अभ्यास)को आयोजना गरिएको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

विश्वभरका खेलाडीलाई एक मञ्चमा एकठ्ठा गरेर विभिन्न खेलको विश्वस्तरीय प्रतिस्पर्धा गराउने खेलको महाकुम्भ हो– ओलम्पिक। आज(२३ जुन) ओलम्पिकको लागि एक विशेष दिनसमेत हो।

National life

आज विश्वभर ओलम्पिक दिवस मनाइँदै छ। ओलम्पिक दिवसमा खेल, स्वास्थ्य लगायतका क्षेत्रमा विश्वभरमा मानिस सामेल हुने गरेका छन्। यो अवसरमा विश्वको अलग-अलग ठाउँमा कार्यक्रम आयोजना भएका छन्, जसमा धेरै क्षेत्रका खेलाडी सामेल छन्।

सन् १८९४ मा आजकै दिन पेरिसको सोनबोनमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति(आईओसी)को स्थापना भएको थियो। यो दिन खेल, स्वास्थ्य र व्यक्तिगत हेरचाहका लागि चिनिन्छ। आईओसीका अनुसार यो दिवस जसले पनि मनाउन पाउँछ।

सुरुवात कसरी भयो ?

चेक आईओसीका सदस्य डाक्टर ग्रसले स्टकहोममा सम्पन्न अन्तर्राष्ट्रिय ओलम्पिक समितिको ४१ औं सत्रमा विश्व ओलम्पिक दिवस मनाउने विचार प्रस्तुत गरेका थिए। जसमा ओलम्पिकको सन्देश र मूल उद्देश्यलाई सम्झनाको लागि एक दिन निर्धारण गर्न भनिएको थियो। केही महिनापछि

Laxmi sunrise bank
kumari

जनवरी १९४८ मा सेन्ट मोरित्जमा सम्पन्न आईओसीको ४२ औं सत्रमा यो प्रस्ताव स्वीकृत गरिएको थियो।

साथै राष्ट्रिय ओलम्पिक कमिटीको यो कार्यक्रम आयोजनाको प्रभावकारी बनाउँदै आएका छन्। त्यसपछि आईओसीले यो दिनलाई विशेष रुपमा मनाउँदै आएको छ। पहिलो पटक २३ जुन १९४८ मा यो दिवस मनाइएको थियो।

त्यतिबेला पोर्चुगल, ग्रिस, अस्ट्रिया, क्यानाडा, स्विट्जरल्यान्ड, ग्रेट ब्रिटेन, उरुग्वे, भेनेजुएला र बेल्जियमका राष्ट्रिय ओलम्पिक कमिटीले यो दिवस मनाएका थिए। आईओसीका अध्यक्ष सिगफ्रिड एडस्ट्रमले विश्वका युवालाई एक सन्देश दिएका थिए।

यो वर्षको विशेष के छ ?

कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण जब अधिकांश क्षेत्र बन्द छन्, यसको प्रभाव खेलकुदमा पनि छ। यस्तो अवस्थामा डिजिटल माध्यमबाट विशेष बनाउने आईओसीले बताएको छ। २३ जुन अर्थात् ओलम्पिक दिवसको दिन विश्वमा सबैभन्दा ठूलो २४ घण्टा डिजिटल ओलम्पिक वर्कआउट (शारीरिक अभ्यास)को आयोजना गरिएको छ।

यो वर्कआउटमा सहभागी बन्न ओलम्पियन हुनु अनिवार्य छैन। आईओसीले ओलम्पिकको इन्स्टाग्राम पेजमा जोडिन खेलाडीलाई अनुरोध गरेको छ।

आज विश्वभरका खेलाडी आआफ्नो घरमा बसेर अनलाइन वर्कआउट गरिरहेका छन्। साथै आफ्नो मनपरेको खेलाडीबाट प्रेरणा लिन पनि सक्छन्।

ओलम्पिकमा सहभागी हुने खेलाडीको सूची हेर्न क्लिक गर्नुस्

नेपालमा जुममार्फत कार्यक्रम

नेपाल ओलम्पिक कमिटीले आज दिउँसो २ बजे जुममार्फत एक कार्यक्रम आयोजना गरेको अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल समयलाई जानकारी दिएका छन्। साथै सो कार्यक्रममा नेपाल ओलम्पिक कमिटीले सुभकामना आदानप्रदान समेत गर्ने बताइएको छ।

ओलम्पिक कमिटीले एक सूचनामा भनेको छ, “यो महामारीको समयमा हामीले केही बेग्लै तरिकाले दिवस मनाउने निधो गरेका छौं। जुम कन्फरेन्स इन्ट्राक्सनमा भहभागी हुँदै बिरुवा रोपेर मनाउने योजना छ।”

प्रकाशित: Jun 23, 2020| 14:45 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।