सोमबार, असार २९, २०८३

इंग्ल्यान्ड जान तयार पाकिस्तानका तीन खेलाडी कोरोना संक्रमित

इंग्ल्यान्ड भ्रमणका लागि तयारी गरेका तीन पाकिस्तानी क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टी भएको छ। उनीहरु आउँदो जुलाईमा इंग्ल्यान्ड जाने तयारीमा थिए।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

इंग्ल्यान्ड भ्रमणका लागि तयारी गरेका तीन पाकिस्तानी क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टी भएको छ। उनीहरु आउँदो जुलाईमा इंग्ल्यान्ड जाने तयारीमा थिए।

पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी)ले युवा खेलाडी हैदर अली, बलर हरिश रौफ र अलराउन्डर शादाब खानलाई कोरोना संक्रमण भएको बताएको छ। आइतबार रावलपिण्डीमा गरिएको परिक्षणमा उनीहरुको संक्रमण पुष्टि भएको हो ।

पीसीबीले सूचना जारी गर्दै भनेको छ, ‘आइतबार रावलपिण्डीमा टेस्ट गर्दा तीन खेलाडी (हैदर अली, हरिश रौफ र शादाब खान)लाई कोरोना देखिएको छ। तर कोरोनाको लक्षण केही देखिएको छैन्। उनीहरु राष्ट्रिय क्रिकेट टिमबाट इंग्ल्यान्ड जाने खेलाडी थिए। उनीहरुलाई अहिले आइसोलेसनमा राखिएको छ।’

पाकिस्तानबाट तीन टेस्ट क्रिकेट र तीन टी–२० खेलका लागि २९ खेलाडीको टोली तयार गरिएको थियो। उनीरुको पहिलो टेस्ट म्याच ओल्र्ड ट्राफोर्डमा ५ अगस्टबाट हुने तय छ।

अन्य खेलाडी र स्टाफको पनि कराँची, लाहोर र पेश्वारामा सोमबार कोरोना टेस्ट गरिएको छ। तर उनीहरुको नजिता आइसकेको छैन्।

इंंग्ल्यान्ड भने वेस्ट इंडिजसँग तीन टेस्ट प्रतियोगिताको तयारीमा छ। उसले जुलाई ८ बाट वेस्ट इंडिजविरुद्ध तीन टेस्ट खेल खेल्ने छ। यससका लागि वेस्ट इंडिजको टिम अहिले ओल्ड ट्राफोर्डमा क्वारेन्टिनमा छ।

वेस्ट इंडिजसँगको प्रतियोगिता सकिएपछि इंग्ल्यान्ड र पाकिस्तानको खेल हुने छ। -एजेन्सी

प्रकाशित: Jun 23, 2020| 08:30 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।