सोमबार, असार २९, २०८३

लिभरपुलको उपाधि यात्रामा धक्का दिँदै म्यान्चेस्टर सिटी

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ। सिटीले घरेलु मैदान इतिहाड रंगशालामा पाहुना टोली बर्नलीविरुद्ध ५–० गोलको सानदार जित निकालेको हो।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ। सिटीले घरेलु मैदान इतिहाड रंगशालामा पाहुना टोली बर्नलीविरुद्ध ५–० गोलको सानदार जित निकालेको हो।

जितका लागि फाइल फोडेन र रियाद महरेजले २–२ गोल गरे भने डेविड सिल्वाले एक गोल गरे। फोडेनले खेलको २२ औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाए भने ४३ औं मिनेटमा महरेजले अग्रतालाई दोब्बर बनाए।

बर्नलीका बेन मीले सर्जियो अग्युरोलाई फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो। भीएआरको सहयोगमा पाएको अवसर सदुपोग गर्दै महरेजले व्यक्तिगत दोस्रो गोल गरे। जसकारण पहिलो हाफमै घरेलु टिम तीन ३–० गोलको सहज अवस्थामा पुगेको थियो।

दोस्रो हाफमा सिटीले फेरि २ गोल थप्यो। ५१ औं मिनेटमा बर्नान्डोले दिएको पासलाई सिल्वाले गोलमा परिणत गरे भने ६३ औं मिनेटमा ग्याब्रियल जेससले पास गरेको बल फोडेनले पोस्टभित्र छिराए। थपिएको २ गोलसँगै ५–० गोल अन्तरले सिटी बिजयी भयो।

उसको जितसँगै लिग लिडर लिभरपुलको यात्रा पनि लम्बिँदो छ। म्यान्चेस्टर सिटीले हार बेहोरेको खण्डमा लिभरपुलको विजय यात्रा पनि छोटिने छ तर ऊ लगातार राम्रो गोलअन्तरले जित निकाल्दै गएका कारण लिभरपुलको विजय यात्रा पनि लामो बनेको हो।

लिभरपुल ८३ अंकका साथ सिटी शीर्ष स्थानमा छ भने ६३ अंकसहित दोस्रो स्थानमा कायम छ। लिभरपुललाई लिग विजेता बन्न थप ५ अंक आवश्यक छ।

ईपीएलमा आजका खेल
लेस्टर सिटी र ब्राइटोन, राति पौने ११ बजे
टोटेनहम र वेस्ट हाम, राति १ बजे

प्रकाशित: Jun 23, 2020| 07:44 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।