सोमबार, असार २९, २०८३

रोनाल्डो र डेबलाको गोलमा युभेन्टस विजयी

एजेन्सी– कोरोना महामारीपछि हालसालै मैदान फर्किएको इटालियन सिरी एको गएराति सम्पन्न खेलमा युभेन्टस विजयी भएको छ। बोलोग्नाको घरेलु मैदान रेनातो डलारा रंगशालामा भएको खेलमा लिग लिडर युभेन्टस २–० गोलले विजयी भएको हो।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

एजेन्सी– कोरोना महामारीपछि हालसालै मैदान फर्किएको इटालियन सिरी एको गएराति सम्पन्न खेलमा युभेन्टस विजयी भएको छ। बोलोग्नाको घरेलु मैदान रेनातो डलारा रंगशालामा भएको खेलमा लिग लिडर युभेन्टस २–० गोलले विजयी भएको हो।

जितका लागि फवार्डद्वय क्रिस्टियानो रोनाल्डो र पावलो डेबलालले गोल गरे। १० दिनअघिको कोपा इटालियाको सेमीफाइनल खेलमा पेनाल्टीमा चुकेका रोनाल्डो गएरातिको खेलमा भने चुकेनन्। उनले २३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यस्तै खेलेको ३६ औं मिनेटमा अजेन्टिर्नी फरवार्ड डेबलाले गोल गरेपछि युभेन्टसको अग्रता दोब्बर भयो। पहिलो हाफमा दुई गोलको अग्रता बनाएको टिमले दोस्रो हाफमा भने गोल गर्न सकेन।

खेलमा जित निकाले पनि युभेन्टसका लागि २ कुराले खेल तिक्ततापूर्ण बन्यो। चोटका कारण माथिया डे सिकिलोले मेदान छोड्नुपर्यो र उनको ठाउँमा आएका डेनियालोले बुक गरेपछि अतिरिक्त समयमा डबल योलो कार्ड खाँदै बाहिरिनु पर्यो।

यद्यपि जितसँगै ६६ अंक जोडेको युभेन्टस लिगको शीर्ष स्थानमा छ। ऊ एक खेल कम खेलेको लाजियोभन्दा ४ अंकले अघि छ।

सिरी एमा आजका खेल
स्पल र क्यालिग्री, राति सवा ११ बजे
भेरोना र नेपोली राति सवा ११ बजे
टुरिनो र उडिनेस, राति साढे १ बजे

प्रकाशित: Jun 23, 2020| 07:13 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।