शनिबार, असार ७, २०८२

७२ करोडमा बिक्यो कर्ट कोबेनको गितार

जुन व्यक्तिको संगीतका लागि संंसारै उर्लिन्थ्यो उनैले आफ्नो रचनाबाट खुसी पाउन सकिरहेका थिएनन्।
 |  सोमबार, असार ८, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

vianetvianet

एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपुत जस्तै अमेरिकाका कर्ट कोबेनले पनि करिअर उचाईँमा पुगेपछि आत्महत्या गरेका थिए। उनको गितार अहिले करिब ७२ करोड रुपैयाँ (६० लाख अमेरिकी डलर) मा बिक्री भएको छ।

सुशान्त सिंंह राजपुतको आत्महत्याले मनोरञ्जन जगतका ती सबै नाम फेरि एक पटक सम्झाइदिएको छ जसले करिअरको उचाईँमा पुगेपछि आफ्नो जीवन सिद्ध्याउने फैसला गरेका थिए।

अमेरिकी गायक कर्ट कोबेन तीनैमध्येका एक थिए जसले २७ वर्षको उमेरमा आफ्नो ज्यान लिए। मृत्युभन्दा करिब पाँच महिनाअघि नोभेम्बर १९९३ मा कर्ट कोबेनले एमटिभीमा एउटा लाइभ कार्यक्रम गरेका थिए। उनको यो प्रस्तुती यूट्यूबमा ३० करोड पटक हेरिएको छ।

९० को दशकमा रिलिज भएको यो लाइभ पर्फरमेन्सको एल्बमले त्यसबेला बिक्रीको नयाँ रेकर्ड कायम गरेको थियो। यही एल्बमले सन् १९९६ को ग्रामी अवार्ड पनि पाएको थियो।

त्यही पर्फरमेन्समा कर्ट कोबेनले बजाएको गितार अहिले ६० लाख डलरमा लिलाम भएको हो । यो मार्टिन डी– १८ अकूस्टिक गितारको लिलामी १० लाख डलरबाट सुरु भएको थियो। अस्ट्रेलियाको रोड्स माइक्रोफोन कम्पनीका मालिक पीटर फ्रिडम्यानले यो गितार किनेका हुन्।

 

कोबेनको निर्वाना ब्याण्ड आज पनि विश्वको चर्चित म्यूजिक ब्याण्डमध्येमा गनिन्छ।

आफ्नो एमटीभीमा लाइभ कार्यक्रमका लागि उनले पाँच हजार डलरमा लिमिटेड एडिसन (थोरै मात्र उत्पादन गरिएको) गितार किनेका थिए र बायाँ हातले बजाउनका लागि त्यसमा थोरै परिवर्तन गराएका थिए।

विश्ववमा यो मोडेलका कुल ३०२ गितार छन् र यस्तो मोडिफाइ गरिएको एउटा मात्र । यो गितारको विशेषता यही नै हो।

अमेरिकाको जुलियन अक्सन हाउसमा प्रत्येक वर्ष मनोरञ्जन जगतका हस्तीहरुको सामान लिलामी गरिन्छ। गएको वर्ष कोबेनले एमटिभी लाइभका बेला लगाएको स्लेटी रंगको स्वीटर ३ लाख ३४ हजार डलरमा बिक्री भएको थियो।

तस्बिर : जुलिएन्स अक्सनकाे ट्वीटबाट

यस वर्ष कोबेनका साथै मडोना, एल्भिस प्रेस्ली र प्रिन्सका सामान पनि लिलामीमा राखिएको थियो । तर, कोबिनको गितार जस्तो ठूलो मूल्य अरुका सामानले पाएनन्।

विश्वका उत्कृष्ट संगीतकारमध्येमा गनिएका कर्ट कोबेन डिप्रेशनको शिकार थिए। अप्रिल १९९४ मा उनले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए।

उनले सुसाइड नोटमा लामो समयदेखि संंगीत रचना गरिरहँदा मजा नआएको लेखेको थिए । जुन व्यक्तिको संगीतका लागि संंसारै उर्लिन्थ्यो उनैले आफ्नो रचनाबाट खुसी पाउन सकिरहेका थिएनन्।

 

प्रकाशित: Jun 22, 2020| 19:15 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्