शनिबार, चैत ७, २०८२

‘बाइकट चाइना’ अभियानले भारतमा खेल सामग्रीको समस्या हुनसक्ने

एजेन्सी– भारतमा चीनविरुद्ध ‘बाइकट चाइना’ को आवाज मुखर भएर आइरहेको छ। यसका कारण भारतीय खेलाडी र खेल उद्योग नै समस्यामा पर्ने बताइएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

एजेन्सी– भारतमा चीनविरुद्ध ‘बाइकट चाइना’ को आवाज मुखर भएर आइरहेको छ। यसका कारण भारतीय खेलाडी र खेल उद्योग नै समस्यामा पर्ने बताइएको छ।

National life

भारतमा टेबल टेनिस बल, सटल कक, ब्याडमिन्टन र टेनिस र्‍याकेट, रेस्लिङ म्याट, ज्याभ्लिनस, हाइ जम्प बार, बक्सिङ सुरक्षा कवच, पर्वतारोहणका सामग्री, जिमका सामान, खेलमा प्रयोग गरिने कपडा लगायतका खेलमा अत्यावश्यक सामग्री चीनबाट आयात हुन्छ।

तर, अहिले दुई देशबीच सीमामा देखिएको तनावका कारण भारतमा ‘बाइकट चाइना’ अभियान चलेको छ। यसका कारण खेल सामग्रीको आयातमा असर पर्ने भारतीय खेल अधिकारीहरुले बताएका छन्।

यही १५ जुन राति भारत–चीन सीमा लद्दाखमा भएको हमलाका कारण २० भारतीय सैनिकको मृत्यु भएको थियो। जसकारण भारतमा चिनियाँ सामान बहिष्कार गर्न आन्दोलनसमेत चलिरहेको छ।

‘बाइकट चाइना’ नाम दिइएको आन्दोलनमा कतिपय चिनियाँ सामगी्र जलाइएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्।

Laxmi sunrise bank
kumari

भारतको वाणिज्य तथ्यांक विभागका अनुसार भारतमा प्रयोग हुने आधाभन्दा धेरै खेल सामग्री चीनबाटै खरिद गरिने गरेका छन्। जसले खेल अधिकारीको चिन्ता बढाएको हो। ‘चीनबाट खेल बजारमा आधाभन्दा धेरै सामग्री आयात हुने गरेका छन,’ घरेलु उत्पादन जाएन्ट भेट्सका प्रवन्ध निर्देशक लोकेस भाट भन्छन्, ‘हामीले लोकल सामग्रीलाई प्रवद्र्धन गर्ने भनेका छौं। तर चीनबाट आएकै सामानलाई बढावा दिने चलन छ।’

त्यस्तै, टेनिस स्टार साथियाँ ज्ञानकेसरनले चीनले भारतीय बजारमा एकाधिकार जमाएको बताएका छन्।

भारतमा जिम र एथ्लेटिक्समा हजार करोड, ब्याडमिन्टनमा १३० करोड, टेबल टेनिसमा १२ करोड, फुटबलमा १८ करोड र अन्यमा ३५७ करोड भारतीय रुपैयाँबराबरको सामान बर्सेनि चीनबाट आयात हुने गरेको छ।

 

प्रकाशित: Jun 22, 2020| 13:21 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।