सोमबार, असार २९, २०८३

आईपीएल खेल्न नपाएपछि बीमा कम्पनीसँग डेढ करोड मागदाबी

एजेन्सी– अष्ट्रेलियन बायाँ हाते तीव्र गतिका बलर माइकल स्टार्कले बीमा कम्पनीसँग डेढ करोड अमेरिकी डलर माग दाबी गरेका छन्।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

एजेन्सी– अष्ट्रेलियन बायाँ हाते तीव्र गतिका बलर माइकल स्टार्कले बीमा कम्पनीसँग डेढ करोड अमेरिकी डलर माग दाबी गरेका छन्।

चोटका कारण सन् २०१८ को इन्डियन प्रिमियर लिग (आईपीएल)मा सहभागी बन्न नसकेको भन्दै उनले उक्त रकम माग गरेका हुन्।

उनले चोटका कारण आईपीएलको टिम कलकत्ता नाइट राइडर्स (केकेआर)सँग एक सिजनको सम्झौता रद्द गर्नुपरेको थियो। उनलाई केकेआरले सन् २०१८ मा अक्सनबाट १.८ मिलियन अमेरिकी डलरमा अनुबन्धन गरको थियो।

तर अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेलका दौरान उनको खुट्टामा चोट लागेपछि आईपीएल खेल्न पाएनन्। खेल्न नपाएपछि भिक्टोरिया काउन्टी अदालतमा डेढ करोडको मागसहित मुद्दा दायर गरेका हुन्। उनले चोटको पुष्टिका लागि एक भिडियो सामग्री पनि उपलब्ध गराएका छन्।

केकेआरले उनलाई सन् २०१८ नोभेम्बरमा क्लबबाट रिलिज गरेको थियो। जसकारण उनी गत सालको आईपीएलमा सहभागी बन्न सकेनन्।

प्रकाशित: Jun 22, 2020| 11:39 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।