सोमबार, असार २९, २०८३

बराबरीमै रोकियो लिभरपुल, चेल्सीको पुनरागमन जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल बराबरीमा रोकिएको छ। उसको बराबरीसँगै उपाधि यात्रा लम्बिएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल बराबरीमा रोकिएको छ। उसको बराबरीसँगै उपाधि यात्रा लम्बिएको छ।

गएरातिको खेलमा जित हात परेको भए उसलाई लिग विजेता बन्न अब एक जित पर्याप्त थियो। तर एभर्टोनसँग बराबरीमै रोकिएपछि उसलाई फेरि २ जित आवश्यक परेको छ।

एभर्टोनको मैदान गोडिसन पार्कमा सम्पन्न प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा रोकिएको थियो।

बरबरीसँगै लिभरपुलको ८३ अंक छ। यता दोस्रो स्थानको म्यान्चेस्टर सिटीको भने ६० अंक मात्र छ। सिटीको ९ खेल बाँकी रहँदा लिभरपुललाई जितका लागि ५ अंक आवश्यक छ।

चेल्सीको जित

गएराति नै सम्पन्न अर्को खेलमा चेल्सीले घरेलु टिम एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हराएको छ। भिल्ला पार्क रंगशालामा सम्पन्न खेलमा जितका लागि क्रिस्टियन पुलिसिक र ओलिभर गिरोर्डले गोल गरे।

पहिलो हाफमा एक गोलले पछि परेको चेल्सीले दोस्रो हाफमा दुई गोल गर्दै जित आफ्नो पोल्टामा परेको थियो। यता एस्टोन भिल्लाका कोतर्ने हाउसीले ४३ औं मिनेटमा सुरुवाती अग्रता बनाएका थिए। यद्यपी एस्टोन भिल्लाले सुरुवाती अग्रता जोगाउन सकेन।

दोस्रो हाफको ६० औं र ६२ औं मिनेटमा चेल्सीका पुलिसिक र जिराउड गोल गर्दै एस्टोन भिल्लाको अग्रता खोसेका थिए।

जितसँगै चेल्सी आफ्नो खातामा ५१ अंक बनाएर चौथो स्थानमा कायम छ। उसले ३० खेलमा १५ जित र ६ बराबरीका साथ ५१ अंक बनाएको हो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा न्युकासलले सेफिल्ड युनाइटेडलाई ३–० गोलले हराएको छ।

ईपीएलमा आजको खेल
म्यान्चेस्टर युनाइटेड र बर्नली, राति पौने १२ बजे

प्रकाशित: Jun 22, 2020| 08:05 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।