सोमबार, असार २९, २०८३

ईपीएलमा वाटफोर्डसँग लेस्टर सिटीको बराबरी

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आज(शनिबार) साँझ सम्पन्न खेलमा वाटफोर्डसँग लेस्टर सिटी बराबरीमा रोकिएको छ।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत आज(शनिबार) साँझ सम्पन्न खेलमा वाटफोर्डसँग लेस्टर सिटी बराबरीमा रोकिएको छ।

वाटफोर्डको मैदान भिकरेज रोड रंगशालामा सम्पन्न खेलमा १–१ को बराबरीमा खेल रोकिएको हो।

दुवै टोलीले गोल गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम मिनेटमा गोल गर्दै बेन चिवेलले पाहुना टोलीलाई अग्रता दिलाए।

तर अतिरिक्त समयको तेस्रो मिनेटमा क्राग डसनले वाटफोर्डका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनको बराबरीसँगै खेल १–१ को बराबरीमै सकियो।

बराबरीसँगै दुवै टोलीले अंक बाँडेका छन्। ३० खेलमा १६ जित र ६ बराबरीसँगै ५४ अंक बनाएर लेस्टर तेस्रो स्थानमा कायम छ। यता वाटफोर्ड २८ अंकका साथ १६ औं स्थानमा छ।

कोरोना महामारीका कारण लिग रोकिनु अघि उसले लिग लिडर लिभरपुललाई समेत ३–० गोल अन्तरले हराएको थियो। सो खेलबाट लिगमा लिभरपुलको अपराजित यात्रा समाप्त भएको थियो।

प्रकाशित: Jun 20, 2020| 20:08 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।