एजेन्सी- इङ्लिस क्लब चेल्सीले जर्मन फरवार्ड टिमो वार्नरलाई आफ्नो क्लबमा भित्र्याउने भएको छ। आइरबी लाइप्जिकबाट बुन्डेसलिगामा खेलिरहेका वार्नरलाई इङ्ग्लिस क्लबले भित्र्याउने भएको हो।
२४ वर्षे फरवार्डले जुलाईको अन्तिममा मेडिकल सर्तहरु पुरा गरेर इङ्ग्ल्यान्ड जाने भएका हुन्। जर्मन लिग सकिएपछि इङ्ग्ल्यान्ड जान उनले मेडिकल पास हुनुपर्ने छ।
वार्नर सन् २०१६ सुटरगार्टबाट लाइप्जिकमा अनुबन्धन भएका थिए। जहाँ उनले यो सिजनमा मात्र ३२ गोल गरिसकेका छन्।
‘चेल्सीमा अनुबन्धन हुने कुराले म अन्यत्तै खुसी छु, इंग्ल्यान्डको क्लब चेल्सीमा खेल्न पाउनु मेरा लागि गर्वको विषय हो,’ जर्मनका अन्तर्राष्ट्रिय फुटबलरले भने।
वार्नर शान्तिपूर्ण खेलका लागि विश्वभरि चिनिन्छन्। उनले चार सिजन विताएको क्लबका सबै खेलाडी र समर्थकलाई धन्यवाद दिँदै ‘उनीहरु सँधै मुटुमा रहने’ बताएका छन्। उनी जुलाईमा इङ्ग्ल्यान्ड गएपछि जाइप्जिकबाट च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा खेल्ने छैनन्।
‘म नयाँ सिजनमा मेरो नयाँ टिमका साथीहरु, प्रशिक्षक र चेल्सीका समर्थकसँग हुनेछु। हामी सँगै भएपछिको भविष्य सफलतापूर्ण हुने छ,’ उनले भने।
वार्नर आउने भएपछि चेल्सीकी निर्देशक मारिया ग्रनोव्सकियाले क्लबका सबै उत्साहित रहेको बताएकी छन्। वार्नर यो सिजनका लागि चेल्सीमा अुनबन्ध हुने दोस्रा खेलाडी हुन्।
उसले गएको फ्रेब्रुअरीमा आयाक्सका हकिम जियाचलाई ३७ मिलिनय पाउन्डमा अनुबन्धन गरेको थियो।